दुई जीत निकालेर नेपाली यु–२० महिला टोली स्वदेश फर्कियो
काठमाडौँ। एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ।
एसियन कप छनोटको दोेस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राती २ बजे स्वदेश फर्किएको हो। टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए।
समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेकाे छ। नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि समान ६–० को जित निकाल्दै स्वदेश फर्किएको हो।
युएईले नाम फिर्ता लिएपछि समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड मात्र प्रतिस्पर्धामा थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment