एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

डिसी नेपाल
३० फागुन २०७९ ११:३२
132
Shares

काठमाडौँ। एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषण गरेको छ। मंगलबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट  ८.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.४४७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँको  ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशतले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएका छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.