हेर्नुहोस् बुधवार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
१ चैत २०७९ १०:४०
1.3k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधवार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.