राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल

डिसी नेपाल
१ चैत २०७९ १५:३०
96
Shares

काठमाडौँ। नेपाली राष्ट्रिय  फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक रहेका कटुवाललाई नेपाली राष्ट्रिय  फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो।

उनलाई बुधबार सहायक प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ। कटुवालसँग राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको अनुभवसमेत छ।

गत कात्तिकमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भूमिका निर्वाह गरेका थिए। एन्फाले विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *