मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा
काठमाडौं। सरकारले मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि किसानसँग सम्बन्धित् संघ, संगठनले आन्दोलनको घोषणा गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राप्रपा निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रममा ३ चैतमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना, जुलुस, चक्काजामसम्म रहेका छन्। गत २६ फागुनमा सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment