मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा

डिसी नेपाल
१ चैत २०७९ १६:३३

काठमाडौं। सरकारले मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि किसानसँग सम्बन्धित् संघ, संगठनले आन्दोलनको घोषणा गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राप्रपा निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन्।

आन्दोलनका कार्यक्रममा ३ चैतमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना, जुलुस, चक्काजामसम्म रहेका छन्। गत २६ फागुनमा सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *