लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा
एजेन्सी। रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा लिभरपुललाई १–० ले हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो।
समग्रमा ६-२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो। लिभरपुलको मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ५-२ ले हराएको थियो।
आफ्नै मैदानमा भएको दोस्रो लेगमा रियललाई विजयी गराउन करिम बेन्जमाले निर्णायक गोल गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए। सोही गोल नै रियललाइ क्वाटरफाइनलमा प्रवेश गर्न पर्याप्त भयो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment