रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ।
रास्वपाले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो।
राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको हो। उपराष्ट्रपतिको निर्वाचन शुक्रबार नै रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment