बहराइनमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने मौका पाएँ : सभामुख घिमिरे

डिसी नेपाल
३ चैत २०७९ ६:३०
16
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले बहराइनमा बर्षौदेखि काम गरिरहेका नेपालीबारे जानकारी लिन पाएको बताएका छन्।

अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६औँ महासभामा सहभागी भई नेपाल फर्किएका उनले पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाली श्रमिकहरुको काम बारे जानकारी लिएको बताए।

उनले भने, ‘यो भेटघाटले बहराइनमा रहेका नेपालीहरुले काम कसरी गरिरहेका छन् भन्ने जानकारी भयो। ठूला ठूला राजाहरुको उट फारमा हामी गएका थियौं। त्यो उट फारममा सेक्युरेटीको नेतृत्व गर्ने झापाको नेपाली रहेछन्। उनी १७ वर्षदेखि त्यहाँ काम गरिरहेका रहेछन्।’

त्यस्तै उनले महासभामा सहभागी भई नेपालको तर्फबाट आमनिर्वाचनपछि गरिरहेको काम र अबको कार्ययोजनाहरुको बारेमा तर्कहरुको गरेको बताए।

‘हाम्रो देशको संसदको भुमिका, दोस्रो आमनिर्वाचनपछि गरिरहेको कामहरु र अव गर्ने कामहरुको बारेमासमेत विश्वमा आइरहेको चुनौतीहरु त्यसमा पनि ठुला मुलुकहरुले सान मुलुकहरुलाई हेप्ने र विभेद गर्ने पश्चपात गर्ने यस्ता कुराहरुलाई कसरी एकीकृत गर्ने ढंगले लाने र नयाँ नमुनाको संविधान बनाएको र संविधानलाई प्रयोगमा लगेको आफ्नो भनाइ र राख्यौं त्यसप्रति क्यान विश्वको ध्यान गएकोमा विश्वस्त छौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *