पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु
सांकेतिक तस्बिर
अन्नपूर्ण। पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।
आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो। पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। बस चालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment