आचारसंहिताका कारण रास्वपा बैठक स्थगित

डिसी नेपाल
३ चैत २०७९ १०:०३
128
Shares

काठमाडौं। उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा निर्णय गर्न बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र पदाधिकारीको संयुक्त बैठक स्थगित भएको छ।

निर्वाचन आाचार संहितालगायतका कारणले बैठक स्थगित गरिएको संसदीय दलका नेता एवं उपसभापति डिपी अर्यालले जानकारी दिए।

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपति निर्वाचनमा कससलाई मत लिने भन्ने निर्णय सार्वजनिक गरेको छैन। ‘पार्टीले आन्तरिक रुपमा उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा सार्वजनिक गर्न आवश्यक ठानेन,’ अर्यालले डिसी नेपालसँग भने, ‘गोप्य मतदान भएकाले सार्वजनिक नगरिएको हो।’

उपराष्ट्रपतिको निर्वाचन आज हुँदैछ। उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट रामसहाय यादव र ममता झाबीच प्रतिश्पर्धा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *