भूकम्पबाट क्षति भएका १७ घर निर्माण गरिँदै

डिसी नेपाल
३ चैत २०७९ ११:३५
56
Shares

लमजुङ। जिल्लामा क्रियाशिल गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ।

परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो। जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्र्याङदी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म चारवटा घर निर्माण सम्पन्न भएको लमजुङ पनर्लाभ परियोजनका कार्यक्रम संयोजक हेमराज बिमलीले बताए।

२०७८ जेठमा गएको भूकम्पबाट क्षति पुगेका घर मध्ये बेसीशहर र मर्स्याङ्दीमा दुई–दुई वटा घरको निमार्ण कार्य सम्पन्न भएको हो। परियोजनाअन्तर्गत निमार्ण सम्पन्न बेसीशहर ३ गाउँशहर थुम्का डाँडा स्थित फुलमाया सार्कीको घर र बेसीशहर ३ कै चन्द्रकला परियारको घर अनुगमन गरिएको छ। १३ लाख ५४ हजार ३६६ रुपैयाँ ८७ पैसा लागतमा दुई घर निमार्ण गरिएको आरसिडिसिका सेल्टर इन्जिनियर रवि थापाले बताए।

परियोजना अन्तर्गत मर्स्याङदी गाउँपालिकामा नौवटा र बेसीशहरमा पाँचवटा गरी १२ वटा घर निर्माण भइरहेको छ । परियोजना संयोजक विमलीका अनुसार अगामी तिन महिना भित्रमा १७ वटा घरको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

संस्थाले भूकम्प पीडितका घर निर्माणका लागि ६ करोड ४३ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये दुई करोड ४८ लाख ३१ हजार पाँच सय १९ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ। भूकम्प प्रतिरोधी आवास निर्माण तर्फ ३ करोड १४ लाख ८ हजार ८९५ रुपैयाँ खर्च भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *