नक्कली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ

डिसी नेपाल
३ चैत २०७९ १२:२०
52
Shares

काठमाडौँ। नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका छन्।

काठमाडौं कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साईजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *