प्रधानमन्त्री प्रचण्डले गरे उपराष्ट्रपतिको निर्वाचनमा मतदान

डिसी नेपाल
३ चैत २०७९ १२:२८
48
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। उनले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको संघीय संसद मतदान केन्द्रमा मतदान गरेका हुन् ।

अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । तेस्रो उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव , जनमत पार्टीकी ममता झा र नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *