चर्च ब्वाइज र मछिन्द्रको बराबरी, जावलाखेल विजयी

डिसी नेपाल
३ चैत २०७९ १७:०७
252
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

च्यासल मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज र १० खेलाडीमा समेटिएको मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । खेलको ४१ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाइ पराजित गरेको छ । एन्फा कम्प्लेक्समा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै जावलाखेलले तेस्रो जित निकालेको हो । जावलाखेलको जितमा एन्कोटो मासोबीले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ । थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.