राष्ट्रिय एकतालाई मजबुद बनाउँछु, संविधान बमोजिम काम गर्छुः नवनिर्वाचित उपराष्ट्रपति यादव

डिसी नेपाल
३ चैत २०७९ २०:००
92
Shares

काठमाडौं। नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, “मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु।”

संविधानको पालना गर्दै मुलुकको राष्ट्रिय एकता प्रवद्र्धन गर्न भूमिका निर्वाह गर्ने उनले बताए। उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि पनि आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे।

उनले आफ्नो निर्वाचन क्षेत्रको मतदाता लगाएत देशका सम्पूर्ण जनताप्रति आभार व्यक्त गरे।

यादव जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार थिए। उनले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार) प्राप्त गरे।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा)ले सङ्घतर्फ एक सय चार र प्रदेशतर्फ एक सय ६९ (कूल १६ हजार ३२८ मतभार) प्राप्त गरे।

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिए। नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *