वीरगञ्ज महानगरपालिकाले क्रिकेटर आसिफ र आरिफलाई मोटरसाइकल दिने
वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग–२ मा देशको शिर उचोँ राखेको भन्दै वीरगञ्जका क्रिकेटर आसिफ शेख र आरिफ शेखलाई महानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । वीरगञ्ज निवासी उनीहरू सहोदर दाजुभाइ हुन् ।
विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने जनाएका छन् ।
महानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।







डिसी नेपाल








Facebook Comment