सेनाको बाहिनीपति ट्रफीको उपाधि वीरभद्रजङ्ग गुल्मलाई
महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधि वीरभद्रजङ्ग गुल्म बझाङले जितेको छ।
महेन्द्रनगर श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन सोझो सेटले पराजित गर्दै वीरभद्र जङ्ग गुल्मले उपाधि जितेको हो।
प्रतियोगिताको उपाधि विजेता गुल्मलाई श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरे।
साथै प्रतियोगितामा उपाधि विजेता गुल्मका सिपाही राजेन्द्र धामी उत्कृष्ट खेलाडी घोषित भएका छन्। लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्म प्रतिस्पर्धामा उत्रिएका थिए।
सेनाले बाहिनीस्तरबाट खेलाडी छनोट गरी टिम बनाएर आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी गराउने जनाएको छ।
समापन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै बाहिनीकै प्रमुख सेनानी दिवाकर रायमाझी, श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment