अस्मिता अधिकारीको ‘मखमली’ मा कुन्साङ र मिरुनाको प्रेम (भिडियो)

डिसी नेपाल
४ चैत २०७९ १२:२४
952
Shares

काठमाडौं।अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत’मखमली’सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ।

रचनाकार चाम्लिङले  नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वर रहेको छ।

भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्। मिरुना मगर र कुन्साङ बोमजन गीतको भिडियोमा फिचर रहेका छन् । भिडियोमा कुन्साङको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ।  भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।

भिडियोः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *