घोडेजात्राको पूर्वसन्ध्यामा सेनाको रिहर्सल (फोटोफिचर)
काठमाडौं। हरेक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व मंगलबार मनाइँदैछ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेको छ। जसका लागि सेनाले टुँडिखेलमा रिहर्सल गरेको छ।

नेपाली सेनाका तर्फबाट आइतबार टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ। ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।
पीडित स्थानीयबासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयबासीमा रहिरह्यो।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरि गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीबासीमा छ।

घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएको छ।
































No ads found for this position


Facebook Comment