नेपाल-भारत मैत्रीपूर्ण महिला क्रिकेटमा भारत विजयी
मोरङ। विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ।
विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा भारतको क्रिकेट एसोसिएसनले नेपाल क्रिकेट क्लब एन्ड एकाडेमी (विसिसिए) लाई पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सबै विकेट गुमाई ९७ रन बनाएको थियो।
भारतीय क्रिकेट एसोसिएसनले १९ दशमलव १ बलमा ४ विकेट गुमाई लक्ष्य हासिल गरेको थियो। चार खेलको शृङ्खला १–१ को बराबरी भएको छ। यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले भारतलाई ९ विकेटले पराजित गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment