मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’ (भिडियोसहित)

डिसी नेपाल
५ चैत २०७९ २१:३५
8
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ।

मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका छन्। उनले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताए।

उनले भने, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने। हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो। त्यही बेला लेखेको गीत हो यो, अहिले पदीय जिम्मेवारीमा रहँदा विमोचन गर्ने अवसर मिल्यो।”

विमोचन कार्यक्रमका अवसरमा उनले आज सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शहीदहरुको योगदानको स्मरणसमेत गरे।

“आजकै दिन काभ्रेको अनेकोटमा च्याङ्बा लामासहित चारजना कलाकारले सहादत प्राप्त गर्नुभएको थियो। उहाँहरुको सम्झना र सम्मानमा यो गीत सार्वजनिक गरिएको हो,” उनले भने।

‘पहराकी फुल’ गीतको सङ्गीतकार शान्ति राई, गायक रुपकुमार राई र निर्देशन किरण चाम्लिङ्को रहेको छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *