भारत र जापानका प्रधानमन्त्री बीच छलफल

डिसी नेपाल
६ चैत २०७९ २१:११
28
Shares

नयाँ दिल्ली। प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदा बीच आज विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ।

भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले आज यहाँ आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो बारे जानकारी गराएका हुन्।

उनले दुई नेताहरूले भारत, जापान र अन्य समान विचारधाराका देशहरूले विशेष गरी वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारे छलफल गरेको जानकारी दिएका छन्।

भेटमा दुई नेताबीच यस क्षेत्रमा चीनको बढ्दो आक्रामकताबारे छलफल भएको हो भन्ने प्रश्नको जवाफमा क्वात्राले भने- मैले उल्लेख गरेझैं दुई नेताले हाम्रो क्षेत्र र विश्वव्यापी रूपमा भइरहेको घटनाक्रमका बारेमा पनि कुरा गरेका थिए।

ती छलफलहरूमा उनीहरूले यस क्षेत्रमा हामीले सामना गर्ने चुनौतीहरूको बारेमा कुरा गरेका छन्।

भारत र जापान र अन्य समान विचारधारा भएका देशहरूले ती चुनौतीहरूलाई सम्बोधन गर्न कसरी एकसाथ काम गर्न सक्छन् भन्ने बारे पनि छलफल भएको क्वात्राको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *