चिनियाँ राष्ट्रपति सी जिनपिङ मस्को पुगे, रुसलाई ‘विश्वसनीय साझेदार’ भने

डिसी नेपाल
७ चैत २०७९ १०:४५
76
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणका लागि रुसको राजधानी मस्को पुगेका छन् । उनी विमानको सिँढीमा बिछ्याइएको रातो कार्पेटबाट हिँडेर विमानस्थलमा उपस्थित अधिकारी र पत्रकारनजिक पुगेका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार सी जिनपिङले भने, ‘यो भ्रमण फलदायी हुनेमा म विश्वस्त छु। यसले चीन र रुसबीचको स्वस्थ र स्थिर सम्बन्धलाई नयाँ गति दिनेछ।’ उनले दुवै देशलाई एकअर्काको ‘विश्वसनीय साझेदार’ भनेका छन् ।

सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अनौपचारिक भेट गरेका छन्। दुवै नेताले एक अर्कालाई आमनेसामने भेट्ने र सँगै डिनर गर्ने कार्यक्रम छ । दुई नेताबीच आज (मंगलबार) औपचारिक वार्ता हुने भएको छ । सन् २०२२ मा युक्रेनमा रुसले गरेको आक्रमणपछि सी जिनपिङको यो पहिलो भ्रमण हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *