मस्कोमा पुटिनले जिनपिङलाई भेटे, युक्रेन युद्धबारे के-के कुरा भयो ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न चीनले पठाएको प्रस्ताव आफूले देखेको बताएका छन् ।
पुटिनले जिनपिङलाई युक्रेन विवाद अन्त्य गर्ने चिनियाँ प्रस्तावलाई आफूले सम्मानका साथ हेरेको बताए। उनले जिनपिङको भ्रमण ‘यस विषयमा कुरा गर्ने अवसर’ भएको बताए।
रुसको सरकारी टिभीले दुई नेताको भेटको फुटेज देखाएको छ, जसमा पुटिनले जिनपिङलाई “प्रिय मित्र, रुसमा स्वागत छ” भनेका छन् ।
“मलाई थाहा छ कि तपाईं व्यक्तिगत रूपमा र हाम्रा सबै चिनियाँ साथीहरू… धेरैजसो सामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा निष्पक्ष र सन्तुलित दृष्टिकोण राख्नुहुन्छ।”
रुसी नेतालाई उनको “बलियो नेतृत्व” को लागि बधाई दिँदै जिनपिङले पुटिनलाई दुई देशबीच “नजीकको सम्बन्ध” हुनुपर्छ भने, जसले रुसको समृद्धिमा मद्दत गरेको उनको भनाइ छ, रोयटर्स समाचार एजेन्सीले रिपोर्ट गरेको छ।
यो बैठकलाई अनौपचारिक बैठक भनिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment