सी जिनपिङले रुसको राष्ट्रपतीय चुनावबारे के भने ?

डिसी नेपाल
७ चैत २०७९ १२:४८
100
Shares

काठमाडौं । सी जिनपिङले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनले जनताको समर्थन पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

जिनपिङले भने, “म विश्वस्त छु कि रुसका जनताले तपाईका असल कामलाई दृढतापूर्वक समर्थन गर्नेछन्।”

पुटिन सन् २००० मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । दुई पटक राष्ट्रपति भइसकेपछि उनी चार वर्ष प्रधानमन्त्री बने र त्यसपछि २०१२ मा राष्ट्रपति बने, २०१८ मा फेरि निर्वाचित भए ।

चीनले युक्रेन युद्ध संकट अन्त्य गर्न रुसलाई प्रस्ताव पठाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न चीनले पठाएको प्रस्ताव आफूले देखेको बताएका छन् ।

पुटिनले जिनपिङलाई युक्रेन विवाद अन्त्य गर्ने चिनियाँ प्रस्तावलाई आफूले सम्मानका साथ हेरेको बताए। उनले जिनपिङको भ्रमण ‘यस विषयमा कुरा गर्ने अवसर’ भएको बताए।

रुसको सरकारी टिभीले दुई नेताको भेटको फुटेज देखाएको छ, जसमा पुटिनले जिनपिङलाई “प्रिय मित्र, रुसमा स्वागत छ” भनेका छन् ।

“मलाई थाहा छ कि तपाईं व्यक्तिगत रूपमा र हाम्रा सबै चिनियाँ साथीहरू… अधिकांश सामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा निष्पक्ष र सन्तुलित दृष्टिकोण राख्नुहुन्छ।”

रुसी नेतालाई उनको “बलियो नेतृत्व” को लागि बधाई दिँदै जिनपिङले पुटिनलाई दुई देशबीच “नजीकको सम्बन्ध” हुनुपर्छ भने, जसले रुसको समृद्धिमा मद्दत गरेको उनको भनाइ छ, रोयटर्स समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

यो बैठकलाई अनौपचारिक बैठक भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *