ब्वायफ्रेन्डसँग बस्दा थाकें भन्दै युवतीले ५४ वर्षीय पुरुषसँग गरिन् बिहे

डिसी नेपाल
७ चैत २०७९ १६:५६

काठमाडौं । अमान्डा क्यानन नामकी महिलाले अन्तिम समयमा आफ्नो प्रेमीसँगको विवाह तोडिन् । केवल यसकारण किनकि उनले महसुस गरिन् कि उनी आफ्नो प्रेमीसँग बस्न सक्दिनन्। यसपछि उनले आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग विवाह गरिन् ।

अब दुवैको पहिलो सन्तान जन्मन लागेको छ । यो घटना अमेरिकाको नर्थ क्यारोलिनाको हो । ३० वर्षीया अमान्डा आफ्नो विवाह टुटेपछि केही समय अविवाहित थिइन् । त्यसपछि उनी ५४ वर्षीय रेडियो डीजे एससँग पहिलो नजरमा प्रेममा परिन्।

एसले आफ्नी पहिलो पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए र फेरि कहिल्यै विवाह नगर्ने वाचा गरेका थिए, तर त्यसपछि उनले अमान्डालाई भेट्टाए। एस भन्छन्, ‘पहिलो सन्तान हुँदा म ३० वर्षको थिएँ र यो बच्चाको जन्म हुँदा म ५५ वर्षको हुनेछु।’

अमान्डाले अप्रिल २०१७ मा आफ्नो कलेजदेखि नै माया गरेको मान्छेसँग विवाह तोडिन्। उनी केही समय अविवाहित बसिन् । यसको पछाडिको कारण बताउँदै उनले भनिन्, ‘मलाई पुरानो सम्बन्धमा हराएको र थकान महसुस हुन्थ्यो । मैले बिहे तोडिदिएँ किनकी मलाई भित्रैबाट लाग्यो कि मैले यो गर्नु पर्छ।’

अमान्डा भन्छिन् कि उनी अगाडिबाट एसनजिक गइन्। उनी भन्छिन्, ‘प्रेम भनेको माया हो, आफूभन्दा जेठो वा कान्छोलाई माया गर्न सकिन्छ । सायद हाम्रो आत्मा फरक समयमा भेटिएको छ। मलाई थाहा थियो उनी को हुन् र म उनको नजिक गएँ र आफ्नो बारेमा भनें।’

एससँगको भेटबारे बताउँदै उनले थपिन्, ‘हामीले नम्बर आदानप्रदान गर्यौं र हामी तुरुन्तै एक अर्काप्रति आकर्षित भयौं।’ जहाँ एस भन्छन्, ‘त्यतिबेला मेरो सम्बन्ध विच्छेद भएको थियो, म घरमा एक्लै बस्ने गर्थे । म त्यसबेला फिश टाकोज खाँदै बसेको थिएँ, त्यसपछि उनी आएर आफ्नो परिचय दिन थालिन् । म उनको सुन्दरतामा तुरुन्तै आकर्षित भएँ, तर मलाई थाहा थियो कि हामी बीचको उमेरको ठूलो अन्तर थियो। यति सुन्दर केटीले मप्रति चासो राख्लिन् भनेर मैले कहिल्यै सोचेको थिइनँ ।’ यहीँबाट मात्रै दुवै सम्बन्धमा आए ।

अमान्डा भन्छिन् कि जवान केटाहरू अपरिपक्व हुन्छन् र केटीहरूलाई छोड्छन्। जहाँ एस ५४ वर्षको भइसकेका छन् र उनीहरूलाई कहिलेकाहीँ मानिसहरूले बाबु र छोरी भनेर गल्ती गर्छन्। दुबैले अनलाइन संसारमा पनि मानिसहरूको आलोचनाको सामना गर्नु परेको छ।

भेटपछि एसले अमान्डालाई न्युयोर्कको एक रेस्टुरेन्ट बाहिर विवाहको प्रस्ताव राखेन् । दुवैले जमैकामा नजिकका आफन्तबीच विवाह गरेका हुन् । अमान्डा भन्छिन्, ‘मैले गलत निर्णय लिएको जस्तो मलाई पटक्कै लागेन । मलाई यो सहि हो जस्तो लाग्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *