मनाङमा एसईई दिने ५२ जना विद्यार्थी
लमजुङ। शैक्षिक सत्र ०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन्। मनाङमा छात्रा ३९ र छात्र २३ परीक्षामा सहभागी हुनेछन्।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनी बताउँछन्।
उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। खुलातर्फबाट छ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका छन्।
लोकप्रियबाट ६ खुलासहित गरी १७ छात्रा र सात छात्रले परीक्षा दिने छन्। प्रकाशज्योतिबाट ९ छात्रा र ८ छात्र तथा अन्नपूर्णबाट तीन छात्रा र दुई छात्र परीक्षामा सहभागी हुने छन्।
लोकप्रिय र प्रकाशज्योतिका एक–एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्न अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।
ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ। त्यस्तै, ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ।







डिसी नेपाल







Facebook Comment