पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

डिसी नेपाल
११ चैत २०७९ ७:५४
224
Shares

काठमाडौं। फ्रान्समा पेन्सन सुधार सम्बन्धी बिषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित हुन पुगेको छ।

शुक्रबार बकिंघम प्यालेसले बेलायती राजा चार्ल्स र रानी क्यामिलाको आइतबारदेखि बुधबारसम्म हुने भनिएको राजकीय भ्रमण अन्तिममा आएर स्थगित भएको हो।

फ्रान्स सरकारले त्यहाँका नागरिकका लागि पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि पेरिससहितका सहरमा विशाल प्रदर्शन गर्दै आएका छन्, पछिल्लो समय सो प्रदर्शन हिंसात्मक बन्दैसमेत गएपछि बेलायती राजपरिवारको भ्रमण अन्तिममा स्थगित गर्नु परेको हो।

फ्रान्सको चार दिने भ्रमण सकेर बेलायती राजपरिवार पेरिसवाट जर्मनी यात्रा गर्ने भ्रमण तालिका थियो। प्रददर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्स र बेलायत सरकारबीच वार्तामार्फत् राजपरिवारको भ्रमण स्थगित गरिएको बेलायतस्थित बकिंघम प्यालेसका प्रवक्ताले जानकारी दिए।

उनका अनुसार अर्को अनुकुल मिति उपलब्ध भएपछि चार्ल्सले फ्रान्स भ्रमण गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *