थ्री नेसन्स कपः लाओसले भुटानलाई हरायो
काठमाडौं। दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत आज भएको खेलमा लाओस विजयी भएको छ। लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको तेस्रो मिनेटमै लाओसका लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए। साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर खेलको ७१औँ मिनेटमा लाओसका लागि बोन्पाचान बोन्कोङ्गले दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए।
त्यसपछि खेलमा कुनै गोल हुन सकेन र लाओस विजयी भयो। समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र भुटान भिड्नेछन्। पहिले खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment