रंगमन्च दिवसको अवसर पारेर ‘नरिसाउन’ बोलको गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
१३ चैत २०७९ २०:१२
308
Shares

काठमाडौँ। गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ।

रंगमन्च दिवसको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो। किरण राईको छायाँकन निर्देशन र सम्पादन रहेको भिडियोमा रंगमन्चको कथा प्रस्तुत गरिएको छ।

सार्वजनिक भिडियोमा संगै काम गर्ने युवा युवतीको भावनालाई समेट्न खोजिएको छ।

सार्वजनिक ‘नरिसाउन’ बोलको गीतमा शब्द गायक स्वयम्को रहेको छ भने संगीत आयुष प्रधानको रहेको छ।

भिडियोमा भुवन सिंह राई, सारा राई, इशिका जबेगु, रोशनी स्याङ्ग्बो, सरोज खालिङ्ग, नोगेन लिम्बु, मोहन सुनुवार, पिंकी घिसिङ्ग, सुवाश लामाको अभिनय रहेको छ।

भिडियो भुमिषा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.