साउदी अरेबिया र इरानबीच अर्को सहमति

डिसी नेपाल
१४ चैत २०७९ १६:२८
272
Shares

काठमाडौं । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान र इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानबीच रमजान महिनामा भेटवार्ता हुनेछ । साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सी एसपीएले यसको पुष्टि गरेको छ। यसअघि दुवै विदेशमन्त्रीबीच फोनमा कुराकानी भएको थियो ।

टेलिफोनमा दुवै मन्त्रीबीच द्विपक्षीय सम्बन्ध र चीन, इरान र साउदीबीचको त्रिपक्षीय सम्झौताबारे कुराकानी भएको थियो । सोही महिनामा, मार्च १० मा साउदी अरेबिया र इरानले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने निर्णय गरे। दुई महिनाभित्र दुवै देशले एकअर्काको ठाउँमा दूतावास खोल्ने भएका छन् । दुवै देशले सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका थिए ।

दुई देशबीचको यो सम्झौता चीनले गरेको हो । साउदी र इरानबीचको चीनको यो पहललाई मध्यपूर्वमा उसको बढ्दो शक्तिसँग जोडिएको छ । यसका साथै मध्यपूर्वमा अमेरिकाको उपस्थिति कमजोर बन्दै गएको पनि बताइएको छ ।

एसपीएले आफ्नो विज्ञप्तिमा भन्यो, “साउदी अरेबिया र इरान दुवैले एकअर्काको सार्वभौमसत्ताको सम्मान गर्ने र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कुरामा सहमत छन्। दुवै देशका विदेशमन्त्रीबीच छिट्टै भेटवार्ता हुनेछ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *