शाहरुखको पठानबारे पाकिस्तानी कलाकारले किन भने यस्तो ?
काठमाडौं । बक्स अफिसमा कमाईका सबै कीर्तिमान तोड्दै गएको साता शाहरुख खान स्टारर फिल्म पठान ओटीटीमा आएको थियो ।
सिद्धार्थ आनन्द निर्देशित फिल्म ‘पठान’ सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ । पठानले विश्वभरबाट १०४६ करोड रुपैयाँ कमाएको छ । हालै पाकिस्तानी पटकथा लेखक यासिर हुसैनले पठानको समीक्षा गर्दै यो फिल्म ‘कहानी बिनाको भिडियो गेम’ भएको बताए।
शुक्रबार एक इन्स्टाग्राम स्टोरीमा यासिरले लेखेका छन्, ‘यदि तपाईंले एउटा पनि मिशन इम्पोसिबल हेर्नुभएको छ भने शाहरुख खानको पठान कहानी बिनाको भिडियो गेम बन्दा बढी लाग्दैन ।’
पठान २२ मार्चमा प्राइम भिडियोमा आएको थियो । पठानमा ओटीटी संस्करणमा केही यस्ता दृश्यहरू थिए, जुन थिएटरमा थिएनन्। पठान एक एक्सन फिल्म हो र यो यसै वर्ष २५ जनवरीमा रिलिज भएको थियो ।
यस फिल्ममा शाहरुख खान पठानको मुख्य भूमिकामा छन् । उनी रअ को एजेन्ट बनेका छन् । पठानले पूर्व एजेन्ट जिम (जोन अब्राहम) लाई भारतमा आक्रमण गर्नबाट रोक्न खोज्छ। यस फिल्ममा दीपिका आईएसआई एजेन्ट बनेकी छिन् ।
यासिर हम टिभीमा शो ‘द आफ्टर मुन’ को होस्टको रूपमा लोकप्रिय भए। यासिरले सन् २०१५ मा फिल्म ‘कराची से लाहोर’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए । फिल्मलाई यासिरले लेखेका हुन् भने निर्देशन वजाहत रउफले गरेका हुन् । यासिरले टिभी अभिनेत्री इक्रा अजिजसँग विवाह गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment