अनुष्का शर्मा विरुद्ध मुद्दा !
काठमाडौं । महाराष्ट्रको बिक्री कर विभागले बम्बई उच्च अदालतमा पेश गरेको आफ्नो प्रतिवेदनमा ‘अभिनेत्री अनुष्का शर्मा अवार्ड समारोह वा स्टेज शोहरूमा गरिने प्रस्तुतीमा ‘प्रतिलिपि अधिकारको पहिलो मालिक’ हुन् र त्यसबाट प्राप्त आम्दानीमा बिक्री कर तिर्न बाध्य छिन्’ भनेको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार, बिक्री कर विभागले भनेको छ कि अनुष्का शर्माले आफ्नो प्रतिलिपि अधिकार यस प्रकारका कार्यक्रमहरूको निर्मातालाई पैसा लिएर हस्तान्तरण गरेपछि, यो एक प्रकारको बिक्री हो। बुधबार बिक्री कर विभागले अनुष्का शर्माको चारवटा निवेदनको जवाफमा आफ्नो शपथपत्र पेश गरेको थियो।
बिक्री कर विभागका डेपुटी कमिश्नरले अनुष्का शर्मा विरुद्ध महाराष्ट्र मूल्य अभिवृद्धि कर अधिनियम अन्तर्गत मूल्याङ्कन वर्ष २०१२ देखि २०१६ सम्मका लागि चारवटा आदेश पारित गरे, जसको विरुद्धमा अनुष्का शर्माले मुम्बई उच्च अदालतमा अपील गरेकी थिइन्।
अनुष्का शर्माको तर्क छ फिल्म, विज्ञापन, स्टेज वा टिभी कार्यक्रममा अभिनय गर्ने कलाकारलाई सिर्जनाकर्ता भन्न मिल्दैन, त्यसैले सामग्रीमा उसको प्रतिलिपि अधिकार छैन । मुम्बई उच्च अदालतले बिहीबार यस विषयमा सुनुवाइ गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment