नवनियुक्त मन्त्रीहरुले लिए शपथ

डिसी नेपाल
१७ चैत २०७९ १५:४७
2.5k
Shares

काठमाडौं । सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शितल निवासमा  नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन्।

नवनियुक्त शपथ ग्रहण गर्ने मन्त्रीहरुमा कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा मन्त्री बनेका छन् । कांग्रेसका डा.प्रकाशसरण महत अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै कांग्रेसका रमेश रिजालले उद्योग र  सिता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी जसपाका अशोक राईले सम्हालेका छन्।  लोसपाबाट शरदसिंह भण्डारीले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेसपाका महिन्द्र राय यादवले महिला बालबालिका मन्त्रालय पाएका छन्।

यस्तै माओवादीका शक्ति बस्नेतले ऊर्जा तथा जलश्रोत र एकीकृत समाजवादीका प्रकाश ज्वालाले भौतिक योजना मन्त्रीको जिम्मेवारी पाएका छन् । नागरिक उन्मुक्तीकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री बनेकी छन् ।

माओवादीका चार मन्त्रीको जिम्मेवारी यथावत रहेको छ । यद्यपि नारायणकाजी श्रेष्ठको भने भौतिकबाट गृह मन्त्रालयमा स्थानान्तरण भएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.