चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डिसी नेपाल
१९ चैत २०७९ १४:०२
52
Shares

भरतपुर। आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

जिल्ला अदालत चितवनका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत वासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको जानकारी दिए।

उनले भने, “२० गते मनोनयन दर्ताका लागि समय तोकिएको छ भने २३ गते मनोनयन दर्ता टुङ्ग्याएर वैशाख १० गते उपनिर्वाचन हुनेछ ।” न्यौपानेले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता जनाए। प्रमुख जिल्ला अधिकारी पौडेलले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले चितवन क्षेत्र नं २ मा चार सय ८० नयाँ मतदाता थपिएको जानकारी दिए। “गएको निर्वाचनमा एक लाख २४ हजार दुई सय १५ मतदाता थिए, अहिले चार सय ८० जना थिपिएका छन्”, उनले भने। निर्वाचनका लागि ४३ मतदानस्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.