तारकेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

डिसी नेपाल
२१ चैत २०७९ ११:१०
504
Shares

काठमाडौँ। तारकेश्वर नगरपालिका-१० बाट लोकतान्त्रिक चोकबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।

लोकतान्त्रिक चोकस्थित  राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *