इंग्लिस प्रिमियम लिगमा चेल्सी र लिभरपुल गोलरहित बराबरीमा
काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन्। गोलरहित बराबरी खेलेर चेल्सी र लिभरपुलले लिगमा एक अर्कमा अंक बाँडेका हुन्।
स्टामफोर्ड ब्रिजमा मंगलबार राति प्रतिस्पर्धात्मक खेल भए पनि दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न सकेनन्। अन्ततः खेल खेल बराबरीमा टुंगियो।
यद्यपि, दोस्रो हाफको ५०औं मिनेटमा काई हाभर्टजले गोल गरेकाे पनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी १-० काे अग्रता लिनबाट चुक्यो। त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अन्तत बराबरीमा टुंगियो।
यस बराबरीसँगै लिभपुल २८ खेलबाट ४३ अंक जोडेर आठौं स्थानमा छ भने चेल्सी २९ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment