बेन्जेमाको ह्याट्रिकमा रियल कोपा डेल को फाइनलमा

डिसी नेपाल
२३ चैत २०७९ ९:२७
672
Shares

काठमाडौँ। बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा ४–० को जित दर्ता गर्दै रियल फाइनलमा प्रवेश गरेको हो। सो जीतमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक गरेका थिए भने  भिनिसियस जुनियरले एक गोल थपे।

कप्तान बेन्जेमाको पासमा पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए भने दोस्रो हाफको ५०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत पहिलो गोल गर्दै रियलको अग्रता दोब्बर पारे।

साथै, त्यसको ८ मिनेट पछि अर्थात ५८औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत थप गोल गर्दै रियल ३–० को फराकिलो अग्रतामा खेल लगिदिए। त्यसपछि ८०औं मिनेटमा बेन्जेमाले आफनो ह्याट्रिक पूरा गर्दै रियललाई फाइनलको सिट सुरक्षित गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *