अफगान महिलामाथि तालिवानको अर्को आदेश, अब राष्ट्रसंघमा काम गर्न प्रतिबन्ध
काठमाडौं । संयुक्त राष्ट्र संघले तालिवानले आफ्नो आदेशमा अफगान महिलालाई संयुक्त राष्ट्र संघमा काम गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघले यसबारे अहिलेसम्म कुनै लिखित सञ्चार नभएको तर तालिवानले मौखिक रूपमा यसबारे जानकारी दिएको बताएको छ।
संयुक्त राष्ट्रसंघले आफ्ना अफगान कर्मचारी (पुरुष र महिला दुवै) लाई आगामी ४८ घण्टासम्म काममा नजान आग्रह गरेको छ।
आदेशमा तालिवानसँगको बैठकमा स्पष्टता आएपछि निर्णय हुनेछ ।
सन् २०२१ मा अफगानिस्तानमा तालिबानको शासन आएदेखि नै महिलामाथि धेरै कठोर नियम लागू गरिएको छ ।
संयुक्त राष्ट्र संघले यो कदमलाई “अस्वीकार्य र बुझ्न नसकिने” भनेको छ।
राष्ट्रसंघका प्रवक्ताले यो खाँचोमा परेकाहरूसम्म पुग्ने प्रयासलाई कमजोर बनाउने अभ्यासको नयाँ घटना भएको बताएका छन्।
उनले महिला कर्मचारीविना विपन्नलाई जीवन रक्षा सहयोग उपलब्ध गराउन नसकिने बताए ।
तर, विदेशी महिला कर्मचारी भने यो प्रतिबन्धबाट बाहिर रहनेछन् । तर यदि यो प्रतिबन्ध लागू भयो भने, यो अफगानिस्तानमा संयुक्त राष्ट्र अभियानको लागि ठूलो परीक्षा हुनेछ।
संयुक्त राष्ट्रसंघले पूर्वी नान्गाहार प्रान्तमा स्थानीय तालिबान अधिकारीहरूले मंगलबार अफगान महिलाहरूलाई संयुक्त राष्ट्रको कार्यालयमा काम गर्न जानबाट रोकेको बताएको छ।
प्रतिक्रियामा, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले ट्वीट गरे, “म अफगानिस्तानको नान्गाहार प्रान्तमा काम गर्नबाट अफगान महिलाहरूलाई रोकेको घटनाको कडा निन्दा गर्दछु। यदि यो निर्णय उल्टाइएन भने, यो कदमले खाँचोमा परेकाहरूलाई जीवन बचाउने सहायता पुर्याउने हाम्रो क्षमतालाई अवश्य कमजोर पार्नेछ।”







डिसी नेपाल







Facebook Comment