भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव आजदेखि

डिसी नेपाल
२३ चैत २०७९ ११:४८
88
Shares

काठमाडौँ। नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ। औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो।

भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी महोत्वस आयोजना गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिए। महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन्। सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

अध्यक्ष महतका अनुसार महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा रु १० करोडदेखि रु १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाका अनुसार महोत्सवमा दुई सय कक्ष रहेका छन्।

“घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभरुपमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, उनले भने। एघार दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *