साउदी अरेबियाको निर्णयले वर्षौंपछि इराकका जनता खुशी

डिसी नेपाल
२३ चैत २०७९ १४:३०
576
Shares

काठमाडौं । इराक र साउदी अरबबीच करिब ३० वर्षपछि सिधा उडान भएको छ । अरब समाचारस्रोतका अनुसार इराकबाट उडेको विमान बुधबार जेद्दाको किंग अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो।

साउदी प्रेस एजेन्सीका अनुसार इरबिलबाट उडेको फ्लाइनसको उक्त विमानमा १७४ जना यात्रु थिए । यो सस्तो साउदी उडान हप्तामा दुई पटक बुधबार र आइतबार इराक जानेछ।

फ्लाईडल र साउदी एयरलाइन्सले पनि यसै वर्षको मेदेखि इराकमा सिधा उडान सुरु गर्ने तयारी गरिरहेका छन् ।

सन् १९९० पछि दुई देशबीच सिधा उडान सुरु भएको हो । यो साउदी-इराकी समन्वय परिषद र साउदी युवराज मोहम्मद बिन सलमानको प्रयासको परिणाम हो भन्ने विश्वास गरिन्छ।

सीधा उडानले दुई देशबीचको आर्थिक साझेदारीलाई मजबुत बनाउन, लगानी अभिवृद्धि र व्यापारमा सुधार ल्याउन मद्दत पुग्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *