जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय पुरुष पक्राउ

डिसी नेपाल
२४ चैत २०७९ १३:५३
3.5k
Shares

ओखलढुङगा। जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई प्रहरीले पक्राउ गरेको हो।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *