कैलालीमा खैरो हिरोइन सहित दुई जना पक्राउ

डिसी नेपाल
२४ चैत २०७९ २१:५१
76
Shares

धनगढी । कैलालीमा शुक्रबार लागूऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको बर्दगोरीया गाउँपालिका –४ मुडाका १८ वर्षका आनन्द ठकुरीको पछाडि मोटरसाइकलमा सवार २३ वर्षका दिपेन्द्र बोहराको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरिइएको हो ।

इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी पगियापासारबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उनीहरलाई भजनी नगरपालिका –५ कौवाखेडाबाट पक्राउ गरेको हो ।

मोटरसाइकल सहित दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भइरहेको प्रहरी कार्यलयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *