करेलासंग यी पाँच चिज कहिल्यै सँगै नखानुहोस्

डिसी नेपाल
२६ चैत २०७९ १२:४५
4.6k
Shares

काठमाडौं । स्वास्थ्य विज्ञहरूले राम्रो स्वास्थ्यका लागि पौष्टिक खानाको सुझाव दिएका छन् । यसका लागि ताजा तरकारी, फलफूल, मेवा आदि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । धेरै खानेकुरामा औषधीय गुण पनि हुन्छ । प्रायः बालबालिका र वृद्धहरूलाई ताजा तरकारी खान सल्लाह दिन्छन्। तरकारी खाँदा स्वास्थ्य राम्रो हुन्छ । प्रतिरक्षा बलियो हुन्छ र धेरै रोगहरुबाट बच्न पनि सकिन्छ।

यस्तै गुणको खानी भएको गुणकारी तरकार तिते करेला पनि एक हो । करेलालाई पौष्टिक तरकारीमा निकै प्रभावकारी मानिन्छ । करेलाले तौल घटाउनुका साथै कोलेस्ट्रोलको मात्रा पनि घटाउँछ । यस्तै करेलाले मुटुको गतिका लागि पनि एकदमै राम्रो तरकारी मानिन्छ । करेला खानुका धेरै फाइदा छन् तर त्यसको उचित सेवन नगर्दा हानिकारक पनि हुन सक्छ । करेलासंग एककै साथ केहि चीजहरू सेवन गर्न निषेध गरिएको छ। औषधीय गुण भएको करेलालाई केही खानेकुरामा मिसाउँदा विषजस्तै काम गर्न सक्छ । आउनुहोस्, करेलामा कुन चिज मिसाउनु हुँदैन।

करेलासँग यी चिज नखानुहोस्ः

दूधः करेला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भने दूध पनि निकै पौष्टिक हुन्छ तर करेला र दूध एकसाथ खाने सोचमा हुनुहुन्छ भने यसको उल्टो असर पर्न सक्छ । करेला खाएपछि दुध कहिल्यै पिउनु हुँदैन । यसले पेटको समस्या निम्त्याउन सक्छ। करेलापछि दुध खाँदा कब्जियत, दुखाइ र पेट छाती पोल्ने समस्या हुन्छ ।

मूलाः करेलाको प्रभावभन्दा मूलाको प्रभाव फरक हुन्छ । त्यसैले करेला खाएपछि मूला वा मूलाबाट बनेको चीज कहिल्यै पनि नखानुहोस्। मूला र करेला सँगसँगै खाँदा कफ र घाँटीमा एसिडिटीको समस्या निम्त्याउँछ ।

दहीः करेलाको तरकारी वा जुस खाएपछि दही खानु हुँदैन । करेला र दही सँगै खाँदा छालामा समस्या आउन सक्छ । यसको प्रयोगले छालामा विभिन्न प्रकारका खटिरा आउने सम्भावना हुन्छ ।

भिण्डी: भिण्डी र करेलाको तरकारी पनि सँगै खानु हुँदैन । करेला र भिंडी दुवै एकसाथ सेवन गर्दा अपचको समस्या हुन्छ । करेलासँग भिण्डी पचाउन समस्या हुने गर्दछ।

आँपः गर्मी मौसममा करेलाको तरकारी वा पछि आँप खाँदा फाइदाको सट्टा हानिकारक हुन्छ । करेला पचाउन समय लाग्छ भने आँप पनि ढिलो पच्ने गर्छ । यस्तो अवस्थामा करेला र आँप सँगै खाँदा बान्ता हुने, पोल्न, वाकवाकी लाग्ने र एसिडिटी हुने समस्या हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.