नेरूडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज हुँदै

डिसी नेपाल
२६ चैत २०७९ १३:१०
116
Shares

काठमाडौँ। नेरूडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष २०८० सालको वैशाख १० गते मर्जर प्रस्ताव पारित गर्ने भएको छन्।

यी दुई कम्पनीले गत पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको र विशेष साधारण सभामार्फत् मर्जर प्रस्तावलाई स्वीकृति दिन लागेका हुन्।

नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको मोरङ्ग जिल्लाको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको छ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको काभ्रे जिल्ला बनेपामा केन्द्रिय कार्यालय रहेको छ। यि दुबै संस्था मर्ज हुन लागेका हुन्।

मर्जर प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय दुबै कम्पनीले गर्नेछन्।

हाल नेरूडे लघुवित्तको चुक्तापूँजी ७३ करोड २० लाख कायम भएको छ। त्यस्तै मिर्मिरे लघुवित्तको चुक्तापूँजी पनि हाल ६५ करोड ३३ लाख ८२ हजार कायम भएको छ।

उक्त बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ। समान हैसियतमा मर्जरमा जान लागेकाले दुबै कम्पनी एकिकृत कारोबारपछि चुक्तापूँजी १ अर्ब ३८ करोड ५३ लाख ८२ हजार कायम हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *