सानिमा मिडल तमोर हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा मिडल तमोर हाइड्रोपावरको आइपिओ सूचिकृत भएको छ। कम्पनीको ३ ल्रोद ३३ लाख २५ हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।
आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ्ग रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसासम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ।
यसको सेयर काराेबार गर्नका लागि टीएएमओआर (TAMOR) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार सोमबारबाट खुला हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment