दोहोरो अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२६ चैत २०७९ १५:१०
88
Shares

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक २८.३१ अंकले घटेर १८६६.७९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२४ अङ्कले घटेर ३४८.७९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १५ करोड ९४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नबिल बैंक अग्रिम स्थानमा छ। यसको आज ५ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै शिभम् सिमेन्ट र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसुचक घटेको छ। आजको कारोबारमा कालिनचोक दर्शन र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, माछापुच्छ्रे बैंक ऋणपत्र र कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *