आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखिएको छ। केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न चाहेकोले बिक्रीमा राखिएको संस्थाले जनाएको छ। यद्यपि सेयर संख्या भने खुलाइएको छैन।
यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज देखि बाट ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ।
इच्छुक सेयरधनीहरुले उक्त अवधिभित्र नुवाकोटको ककनीस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई निवेदन दिनुपर्नेछ। संस्थाका अनुसार उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment