साना तथा मझयौला व्यवसायलाई लक्षित गर्दै खल्तीले ल्यायो ‘स्मार्ट उद्यमी’ अफर
काठमाडौँ। खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार डिजिटल रूपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ। ‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवा सँग एकीकृत गरि एपीआई शुल्कमा ५०% क्यासब्याक, नि:शुल्क क्विक लिङ्क पेमेन्ट र एक वर्षको नि:शुल्क एसएमएस प्यानल प्राप्त गर्नेछन्।
खल्ती पेमेन्ट गेटवे भन्नाले खल्ती डिजिटल वालेटद्वारा प्रदान गरिएको सेवा बुझिन्छ, जहाँ व्यवसायहरूलाई आफ्ना ग्राहकहरूबाट सुरक्षित र प्रभावकारी रूपमा आफ्नै वेबसाइट र एपहरूमार्फत भुक्तानीहरू स्वीकार गर्न अनुमति दिइन्छ।
खल्तीको SDK/API मार्फत, व्यवसायहरूले खल्ती वालेट, इ-बैंकिङ, मोबाइल बैंकिङ, SCT र VISA/Master कार्ड, र Connect IPS जस्ता विभिन्न माध्यमहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्छन्। यसबाहेक, खल्तीले ३१ लाख प्रयोगकर्ताहरूलाई सेवाहरू उपलब्ध गराउँदै आएको छ, जसको कारण यति ठुलो संख्याका प्रयोगकर्ताहरु समक्ष नयाँ दर्ता हुने व्यवसायको डिजिटल माध्यामबाट सोझै प्रवर्द्दन हुन सक्नेछ।
खल्तीको ‘स्मार्ट उद्यमी’ अफरहरू यस प्रकार छन्:
व्यवसायहरूको पेमेन्ट गेटवे API शुल्कमा ५०% क्यासब्याक (अर्थात रु. १०,०००) प्राप्त हुने
एक वर्षको लागि निःशुल्क SMS प्यानल
लेनदेन शुल्कमा ३३% छुट
क्विक लिङ्क (Quick Link) भुक्तानीको पहिलो वर्षको वार्षिक शुल्कमा १००% छुट
कर्पोरेट बिलहरुका लागि उद्यम खाता (इन्टरप्राइस खाता)
हालै खल्तीले ‘क्विक लिंक पेमेन्ट’ को नयाँ सेवा पनि सुरु गरेको छ जसले व्यापारीहरूलाई आफ्ना ग्राहकहरूलाई डिजिटल बिल बनाई छिट्टै भुक्तानी प्राप्त गर्न अनुमति दिन्छ। स्मार्ट उद्यमीको अफर अन्तर्गत यस सेवालाई एक वर्षसम्म बिना कुनै शुल्क प्रयोग गर्न सकिनेछ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“डिजिटल रूपमा विकसित रहन हामीसबै प्रकारका व्यवसायहरूलाई सशक्त बनाउनमा लागि परेका र्छौं र हामीले यो ‘स्मार्ट उद्यमी’ प्रस्तावलाई फेरि ल्याई व्यवसायहरूलाई त्यो लक्ष्यतर्फ प्रोत्साहित गर्न चाहान्छौं। साथै, हामी डिजिटल वालेट सेवाहरू मार्फत व्यवसायलाई उत्कृष्ट पेमेन्ट गेटवे प्रदान गर्न प्रतिबद्ध छौं।”







डिसी नेपाल







Facebook Comment